धनगढी । धनगढीको टीकापुर घटनाका फरार अभियुक्त एवं निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले अन्ततः आत्मसमर्पण गरेका छन् । उनले अदालतसामू आत्मसमर्पण गरेका हुन् ।
प्रहरीको खोजी सूचिमा रहेका चौधरी भुमिगत अवस्थामै राष्ट्रिय जनता पार्टीको टिकट लिएर कैलाली १ मा चुनाव लडेका थिए र प्रतिनिधिसभा दस्यमा उल्लेख्य मतले विजयी पनि भएका थिए । तर उनी भुमिगत रहेका कारण विजयी भएको प्रमाणपत्र लिन सकेका थिएनन् । उनको परिवारलाई प्रमाणपत्र दिन निर्वाचन आयोगले इन्कार गरेको थियो ।
सोमबार बिहान जिल्ला अदालत कैलालीमा उनले आत्मसमर्पण गरेका हुन् ।