• काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावमा नेकपा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी मिलेर एमालेविरुद्ध चुनाव लड्ने बताएको दुई दिनपछि प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो ।

    काठमाडौंमा सोमबार भएको कार्यक्रममा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रचण्डजीले कहिले कहिले साँचो कुरा गर्नुहुन्छ, एक्लै त कसैले नचिताए हुन्छ । नचिहाए पनि हुन्छ । एमाले एक्लै चुनाव लड्छ ।

    देशभरीका जनता एकजुट होऔं, देशभरीका प्रतिक्रियावादीहरु पनि एकजुट भएर आऊ ।’

    प्रधानमन्त्री ओलीले एमाले जालझेल, तिकडम गरेर सरकारमा नगएको स्मरण गराउनुभयो । ‘पहिलोपटक सरकारबाट हटाउँदा मैले भनेको थिएँ कि, हामी जस्केलाबाट होइन, राजमार्गबाट आउँछौं, फेरि पनि भन्छु एमाले जालझेल गरेर सरकारमा आएको होइन,’ उहाँले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले सभामुखले संविधान र कानुनविपरीत काम गरेको जिकिर गर्नुभयो । अधिवेशनको पहिलो दिनमै पेस गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले एमसीसी सम्झौता निर्णायार्थ पेस नगरेर कानुन मिचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको, कानुनको मतलब छैन । कांग्रेस किन बोल्दैन ? मुखमा पानी हालेर बसेको छ ।’

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…