• काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता योगेश कुमार भट्टराईले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलार्ला सबैले स्विकार गर्नुपर्ने धारणा राखेका छन् । आज (सोमबार) साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत नेता भट्टराईले यस्तो धारणा राखेका हुन् । उनले २०७५ जेठ २ गते कायम रहेको एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्नपनि सुझाएका छन् । उनले उक्त बैठकमा खुला खुलस्त छलफल गर्नुपर्ने, र षड्यन्त्र र छलछाम कसैले कसैमाथि गर्न नहुने धारणा राखेका छन् ।


    नेता भट्टराईले पार्टीका सबै नेताहरुले आफूबाट भएका गल्तीलाई हृदयबाट स्विकार गर्नुपर्ने पनि बताएका छन् । र, पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्न पनि सबै तयार हुनुपर्ने धारणा राखेका छन् ।आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमत ल्याउन सबैले कसम खानुपर्ने पनि बताएका छन् ।

    उनले लेखेका छन् :


    आलोचना र आत्मालोचना बारे –
    पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ ।
    त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रिय कमिटीको बैठक आयोजना गरौ ।
    बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौ ।
    आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौ ।
    पार्टीलाई बिधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔ ।
    महाधिबेशन र सबै तहका अधिबेशन आयोजना गरौ, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौ र परिणाम सबैले स्वीकार गरौ ।
    आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउं ।
    जमिनमा टेकौ र जनता तर्फ फर्कौ ।
    यसैमा छ सबैको भलो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…