• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सबै रामैराम्रा काम गरेको फेहरिस्त सार्वजनिक गरेका छन् । उनले राष्ट्रका नाममा सम्वोधन गर्दै बुधबार बिहान सिंहदरबारबाट सबै नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै २०७७ सालमा गरेका कामको फेहरिस्त सुनाएका हुन् । 

    उनले मेलम्चीको पानी काठमाडौंको धाराधारामा पुर्याउन सफल भएकोबाट सरकारका कामको फेहरिस्त सुनाएका हुन् । ओलीले पुनर्निर्माणसँगै नयाँ नयाँ कामहरु गरेको बताए । 
     
    प्रतिदिन साढे ५ किलोमिटर बाटो २०७७ सालमा बनेको पनि उनले बताएका छन् । एक दिनमा कम्तीमा १२ वटाका दरले आवास बनेका छन् । विभिन्न भत्ता पाउनेहरु ६० लाख पुगेको बताए । 

    महिनाको एक सयबाट शुरु गरेको भत्ता दिनको एक सयमा पुगेको समेत उनले बताए । आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । 

    सामाजिक भत्ता पाउनेहरु थपिएर पाँच लाख पुगेको उनले बताए । योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यान्वयनमा आएको पनि उनले बताए । २०७५ मंसिर ११ बाट त्यो शुरु भएको उनले बताए । 

    हरेक दिन एउटा झोलुंगे पुल बनेको पनि उनले बताए । रेलमार्ग बनेको र जनकपुरका दुई वटा रेल यसै महिनाबाट संचालनमा आउने बताए । 


    पूर्वपश्चिम रेल मार्गमा ट्रयाक बनाउने कामसमेत भएको उनले बताए । 

    उनले असहज परिस्थितिबीच पनि धेरै काम सरकारले गरेको बताए । 

    पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरेको पनि उनले बताए । रानीपोखरी बनिसकेको र धरहरा बैशाख ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि गएर कौशीबाट काठमाडौं देख्ने गरी लोकार्पण गर्ने बताए । 

    हवाई निर्माणदेखि राति नचल्ने ठाउँमा राति चल्ने गरेको बताए । विदेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ पन पाएको पनि उनले बताए । 

    थुप्रै विद्यालय निर्माण गरेको उनले बताए । ६ गते पाटनमा उच्च माध्यमिक विद्यालय जापानको सहयोगमा उद्घाटन गर्ने पनि उनले बताए । 

    मेलम्चीको सपना पूरा गर्नु गफमात्र नभएको उनले बताए । आफूहरुलाई जश वा श्रेय लिने होडबाजीमा नभएको पनि प्रधानमन्त्री ओलीले बताए । 

    उनले सम्वोधनका क्रममा कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेका छन् । उनले २०७७ साल कोरोनाको महामारी भए पनि, राजनीतिक अस्थिरता रहे पनि निराशाजनक नभएको बताएका छन् । 

    उनले नागरिकको जीवन नै महत्वपूर्ण भएकाले यतातर्फ ध्यान दिन आग्रह गरेका छन् । उनले सबै कुरा मानवका लागि सबै कुरा मानवद्धारा भनेका छन् । 

     

सम्वन्धित समाचार

मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्र…

मोरङ । संघीय सरकारले नयाँ बजेटसँगै सुन खरिद विक्रीमा विलाशिताको समान भन्दै २ प्रतिशत कर लगाउने नीति ल्य…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…