• उर्लाबारी १३बैशाख/
     कोरोना भाईरसको दोश्रो लहर सुरु भएसँगै जोखिम नियन्त्रणका लागि नेकपा एमालेको भातृ संगठन  युवा संघ नेपाल, उर्लाबारीले सचेतना अभियान  थालेको छ।

     
    उर्लाबारी नगरमा कोरोना भाईरसको जोखिम न्युनिकरणका लागि युवा संघले उर्लाबारीको मुख्य चोक, इटहरा रोड, मुधमल्लो रोड लगायतका क्षेत्रमा सचेतना अभियान संचालन गरेको छ । युवा संघको सचेतना अभियानलाई ट्राफिक प्रहरी पोष्ट उर्लाबारीले पनि सहयोग गरेको थियो ।

    युवा संघका नेता कार्यकर्ताले कोरोना भाईरसबाट बच्न माक्स प्रयोग गर्न आग्रह गर्दै नि : शुल्क माक्स वितरण गरेका हुन् । अभियानका क्रममा ८ हजार बढी माक्स वितरण गरिएको युवा संघका जिल्ला सदस्य एवम् उर्लाबारी वडा नम्बर ५ का सदस्य रविन लामाले जानकारी दिएका छन्  ।

    नेपालमा कोरोना भाईरसको  जोखिम बढेसँगै माक्स र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै अभियान चलाइएको संघका नगर अध्यक्ष योगेश बस्नेतले बताएका छन्  । उनका अनुसार कोरोना नियन्त्रणका लागि युवा संघले आगामी दिनमा पनि अभियान चलाउने छ । संघको अभियानमा युवा संघका केन्द्रीय सदस्य डिल्ली खतिवडा, जिल्ला सदस्य रविन लामा लगायतले सहयोग गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…