• कोरोना भाइरस जोखिम न्यूनिकरण पथरीशनिश्चरे नगरस्तरीय समन्वय समितिको बैठक

    मोरङ । कोरोना भाइरस बढ्दो जोखिमलाई ख्याल गर्दै मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (मंगलबार)देखि विद्यालयहरु, जीम हल, स्वीमिङ र सभा सम्मलेन गर्न प्रतिबन्द लगाइएको छ । 
    नगरपालिकामा गठन भएको कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले शैक्षिक संस्था र अध्ययन केन्द्रहरुमा भौतिकरुपमा प्रत्यक्ष उपस्थित भइ पठनपाठन गर्ने कार्य बन्द गर्ने निर्णय भएको हो । 


    परीक्षा भइरहेको विद्यालयहरुमा नेपाल सरकार, प्रदेश सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरी वैशाख मसान्त भित्र वार्षिक परीक्षा गर्न नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।


    कोरोना भाइरस जोखिमबाट बच्न नगरपालिका क्षेत्र भित्र रहेका सिनेमाहल, पार्टीप्यालेस, हेल्थ क्लव, स्वीमिङपुल, आमसभा, जुलुस, साप्ताहिक हाटबजर, रंगशालामा हुने दर्शक सहितको खेलकुद, २५ जना भन्दा बढी सहभागी हुने कार्यक्रम मंगलबार (बैशाख १४)देखि बन्द गरिएको छ । 

    वैदेशिक रोजगारबाट घर फर्केकाहरुले १० दिन होम क्वारेन्टिममा रहनुपर्ने र नगरस्तरीय समितिको निर्णय उल्लंघन गरेमा या स्वास्थ्य मापदण्डको पालना नगरेमा स्थानीय प्रशासनाने कानूनी कार्वाही अगाडि बढाउन सक्ने सूचनामा उल्लेख छ । 

    पथरीशनिश्चरे नगरबाट अन्य विरामीको उपचार गर्न गएका पाँच जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । यो पछिल्लो एक महिनाको तथ्याङ्क हो । यसरी कोरोना भइरस देखिएका विरामीहरुमा नगरको ९ नम्बर वडाको दुई, ७ को एक र १ नम्बर वडाको एक र एक जनाको ठेगाना खुलेका थिएनन । 
     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…