काठमाडौं । सरकारले आउँदो बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसंगै काठमाडौंबाट घर फर्कनेहरुको लर्को लागेको छ ।
यसअघि सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले घर फर्कन चाहनेहरुका लागि भन्दै २ दिनको समय दिएको थियो ।
सिसिएमसीको निर्णयलाई सदर गर्न सोमबारै बसेको मन्त्रिपरिषद बैठकले बैशाख १६ गतेदेखि दुई साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि आज विहान काठमाडौंका विभिन्न नाकाहरुमा घर जाने सर्वसाधारणहरुको घुँईचो देखिएको हो ।