• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित ट्राफिक प्रहरी कार्यालयले कोरोना भाइरस विरुद्ध अभियान चलाएको छ । 

    कोरोना भाइरसको जोखिम बढेपछि ट्राफिक प्रहरी कार्यालयले मंगलबार सडकमा यातायातको साधन चालक तथा यात्रिहरुलाई माक्स वितरण गरेको हो । ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख सई शैलेन्द्रकुमार गच्छदारको नेतृत्वमा माक्स वितरण तथा सेनिटाइजर प्रयोग गर्न र सार्वजनिक यातायातको साधनहरुमा सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

     अभियान १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा मंगलबार सम्पूर्ण युनिटहरुलाई अभियान सञ्चालन गर्न निर्देशन जारी गरे अनुसार प्रदेश भर कार्यक्रम भएको बताइएको छ । 
    पथरीमा अखिल नेपाल यातायात मजदुर संगठनका १ नम्बर प्रदेश समिति उपाध्यक्ष पूर्ण कार्की लगायतको सहभागिता रहेको थियो । 

    नगरमा इलाका प्रहरी कार्यालय पथरीले पनि कोरोना भाइरस विरुद्ध माइकिङ्ग तथा माक्स लगाउ अभियान सञ्चालन गर्दै आएको डीएसपी कृष्ण खड्काले बताए । 


     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…