• काभ्रे । जिल्लाको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

    पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

    कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए । संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अरु सबै होम आइसोलेशनमा छन् ।

    संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समुहसम्मका छन् ।

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…