• विराटनगर / कोरोना महामारी फैलिएको विराटनगरमा आकाशे पुल शिलान्यास गर्ने तयारीमा रहेका मन्त्री र मेयरलाई मुख्यमन्त्रीले रोकेका छन् ।

    बुधबार बेलुका ५ बजे आकाशे पुल शिलान्यासका लागि प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्त रूपमा शिलान्यास गर्ने तयारी गरेका थिए । तर अन्तिम समयमा मुख्यमन्त्री शेरधन राईले रोकेका हुन् ।

    ‘महामारीको यस्तो काम बेलामा गर्न हुन्न भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, ‘मुख्यमन्त्रीको निर्देशनपछि शिलान्यासको कार्यक्रम भएन ।’
    बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयका प्रमुख मिलन आचार्यले सरोकारवाला निकायलाई निम्तो पठाएका थिए । अन्तिम समयमा मुख्यमन्त्रीको निर्देशनपछि शिलान्यास रोकिएको थियो ।

    शिलान्यासमा सहभागी हुन निमन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि कार्यक्रम नगर्न आग्रह गरेका थिए । ‘निमन्त्रणा आएपछि मन्त्री र मेयरज्यूलाई फोन गरेर यस्तो अवस्थामा शिलान्यास नगरौँ भनेर आग्रह गरेँ,’ प्रजिअ निरौलाले भने, ‘पछि रोकियो भन्ने जानकारी पाएँ ।’

    विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निर्माण गरिरहेको छ । घाँस चोकमा भने सहरी विकास तथा भवन कार्यालयले बनाउने तयारी गरेको हो ।

    विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार महानगरले तीन स्थानमा निर्माणका लागि एक महिनाअघि नै शिलान्यास गरेर काम अघि बढाएको बताए । उनका अनुसार कोसी राजमार्गको घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने बताए । तर सहरी विकास कार्यालयले घाँस चोकमा बनाउने भएपछि महानगरले बसपार्कमा बनाउने उनले जानकारी दिए ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…