•  सरकारले कोरोना संक्रमण तिब्र भएपछि अब अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै सबैलाई संवेदनशील बन्न आग्रह गरेको हो। 
    'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भइसकेको छ,अपिलमा भनिएको छ,'त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरुमा संवेदनशील बन्न अनुरोध छ।'
    मन्त्रालयले विदेश जाने र आउने काम बन्द गर्न पनि आग्रह गरेको छ। साथै संक्रमणको दर तीव्र रुपमा फैलिएकाले बाह्य तथा आन्तरिक पर्यटकलाई कतै नजान अनुरोध गरेको छ।
    मन्त्रालयले २२ जिल्ला कोरोनाबाट अति प्रभावित रहेको उल्लेख गरेको छ। मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कैलाली, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की ,दाङ बाँके, रुपन्देही ,पाल्पा , बर्दिया ,कपिलवस्तु, सुर्खेत, कैलाली र कन्चनपुर बढी प्रभावित जिल्ला भएको मन्त्रलायले जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…