झापा / कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएपछि झापामा आइतबारदेखि निषेधाज्ञा हुने भएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिएका छन् ।