काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवार (आज) को लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार प्रतिकेजी हरियो अंगुरको मूल्य २२५ रुपैयाँ रहेको छ ।
त्यसैगरी रातो आलुको प्रतिकेजी मूल्य ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउलीको प्रतिकेजी ३० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
त्यस्तैगरी हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, घिरौला २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा बजारमा हुने कालोबजारी तथा कृतिम अभाव रोक्नका लागि सरकारले बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।