• काठमाडौं। २०७२ मा भएको एमाले महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजित भएपछि कर्नरमा पर्दै आएका माधव नेपाल फागुन २३ यता संकटको भूमरीमा फसेका छन्।

    फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिच्छेद गरेर सक्रिय भएका नेता नेपालको राजनीतिक संकट गहिरिँदै गएको हो। वैशाख तेस्रो लागेपछि उनको संकट घट्ने होइन बढ्दो अवस्थामा छ।

    यही वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा प्रतिनिधिसभामा सबैभन्दा अप्ठ्यारो स्थितिमा कुनै सांसद हुनेछन् भने ती हुन नेता नेपाल।

    २०७७ को बैशाखदेखि ओलीको राजीनामा मागिरहेका नेता नेपालले २०७८ को वैशाखमा उनै ओलीको सरकार बचाउन पक्षमा मतदान गर्नुपर्ने सकसपूर्ण अवस्था आउँदैछ त्यो पनि ओलीका सामु झुकेर।

    मैले जीवनभर विधि र पद्धतिको मुद्दा उठाएँ। ओलीसँगको अहिलेको लडाइँमा पनि विधि पद्धतिकै हो। तर, फ्लोर क्रस गर्नु विधि पद्धति विपरित हुन्छ। आफैंले भन्दै आएको विधि पद्धति विपरित कसरी जाने?

    यसरी संकटमा फसेका नेता नेपालले आफू निकटवर्तीहरुसँग दुःखको कुरा गर्ने गरेका छन्। नेता नेपाल निकट एक नेताले नेता नेपालको भनाइ उद्धृत गर्दै डिसी नेपालसँग भने, ‘विश्वासको मतमाथि फ्लोर क्रस गर्ने हो भने आफैंले भन्दै आएको विधि पद्धति विपरित हुने, फ्लोर क्रस नगरौं पेल्दै आएका ओलीको थप पेलाइमा पर्ने। यो मेरो जीवनकै कठिन मोड हो।’

    अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेता नेपाललगायत उनी निकट ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेका छन्। सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण पनि सोधेका छन्। पार्टीको ९ औं महाधिवेशनबाट प्राप्त नेता नेपालको शक्तिलाई पनि क्षिण पारिदिएका छन्।

    केन्द्रेखि स्थानीय तहसम्म नेता नेपाल निकट नेताहरु जिम्मेवारीबिहीन बनाइएको छ। तर, पनि नेता नेपालले संसदमा उनै ओलीको पक्षमा मतदान गर्नुपर्ने संकटपूर्ण अवस्थामा फसेका छन् नेता नेपाल।

    एमाले ब्युँतिनुअघि नै नेता नेपाल अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच क्तितता बढेको थियो। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि यो क्तितताले सम्बन्ध बिच्छेदको रुप लिएको थियो। एमाले ब्युँतिएपछि फेरि ओलीसँग प्याचअप गर्ने तयारीमा रहेका नेता नेपाललाई ओलीले फागुन २८ मा बालुवाटारमा बसालेको विशेष बैठकले नंग्रा निकालिएको बाघ बनाइदिएका थिए।

    सोही बैठकका कारण शक्तिविहीन बन्न पुगेका नेता नेपालले देशभर समानान्तर गतिविधि गरे पनि ओली कमजोर भएनन्। बरु नेता नेपाल थप कमजोर बनिरहेका छन्। प्रधानमन्त्री भएकाले शक्तिको प्रयोग गरेर ओली बलियो भएको नेता नेपाल समूहको विश्लेषण छ। जुन एक हदसम्म यथार्त पनि हो। अहिले उनै ओलीको विपक्षमा मतदान गरेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउने मौका नेता नेपालको सामू छ।

    तर, यो मौका नेता नेपालका लागि विष पिउनु जत्तिकै कष्टकर पनि छ। नेता नेपालले आफू निकट नेताहरुसँग भन्न थालेका छन्, ‘मैले जीवनभर विधि र पद्धतिको मुद्दा उठाएँ। ओलीसँगको अहिलेको लडाइँमा पनि विधि पद्धतिकै हो। तर, फ्लोर क्रस गर्नु विधि पद्धति विपरित हुन्छ। आफैंले भन्दै आएको विधि पद्धति विपरित कसरी जाने?’

    नेता नेपाल अहिले ओलीले आफूसँग भेटेर २७ वैशाखमा आफ्नो पक्षमा मत मागुन् भन्ने चाहन्छन्। तर, बालुवाटारले सन्देश दिइसकेको छ, बहुमत सिद्ध गर्न मरिमेटी नगर्ने। किनकी ओलीले विश्वासको मतको प्रस्ताव यो सरकार टिकाउन राखेकै होइनन्।

    उनी संविधानको धारा ७६ (५) को अवस्थाको प्रधानमन्त्री बनेर संसद विघटन गरी चुनाव गराउने रणनीतिमा छन्। त्यसैले उनी नेता नेपालसँग झुक्न जाने कुरै भएन। फ्लोर क्रस गरेर नेता नेपाललाई कारबाही गर्न बाटो खुला पनि हुनेछ। विश्वासको मतको प्रस्तावबाट ओलीले एक तिरबाट कैयौं निशाना साँध्ने तयारी गरेका छन्।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…