• काठमाडौं, बैशाख २२ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत् सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ जनाको परीक्षण गरिएकोमा २३ हजार ७१३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँले पछिल्लो चौबीस घण्टामा ६१६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५४ जनामा पोजेटिभ पाइएको बताउनुभयो । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ५९ हजार ६६० पुगेको छ ।


    प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने दर ८०.६ प्रतिशत पुगेको छ ।
     

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…