• काठमाडौं, २६ वैशाख – नेकपा एमाले वरिष्ठ नेता माधकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प दिनुपरेको बताएका छन्। वरिष्ठ नेता नेपालले सांसद् पदबाट आइतबार राजीनामा दिने तयारी रहेको बताएका हुन्।

    प्रधानमन्त्री ओलीलाई सुधार्ने प्रयास असफल भएको बताउँदै वरिष्ठ नेता नेपालले भने, ‘उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन।’

    नेपाल पक्षका २३ सांसद्ले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल पक्षीय प्रतिनिधिसभामा समानुपातिक सांसद्ले पनि राजीनामा दिने श्रोतले बताएको छ। नेपाल पक्षका सांसद्हरूमध्ये २२ जना प्रत्यक्ष निर्वाचित र १२ जना समानुपातिक सांसद् रहेका छन्। नेपाल प्रत्यक्ष निर्वाचित हुन्।

    अध्यक्ष ओलीसँगको वार्ता असफल भएपछि उनलाई सत्ताच्यूत गर्ने प्रष्ट अठोटसहित एमालेका सांसद्ले राजीनामा दिएका हुन्।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग राष्ट्रियसभाको उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेको नेपाल पक्षका एक नेताले बताए। साथै तत्काल पार्टी एकताको सम्भावना टरेको उनको भनाई छ।

    ‘राजीनामा पत्रमा हस्ताक्षर गरेर हामीले माधवकुमार नेपाल कामरेडलाई बुझाएका छौं, दुःखका साथ भन्नुपर्छ अब एमालेको एकता जोगाउन सकिएन,’ ती नेताले भने।

    नेकपा एमालेको आन्तरिक एकता जोगाउने प्रयासमा असफल भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले राजीनामा दिने भएका छन्। नेपाल पक्षीय सांसदले वैशाख २७ गतेको प्रतिनिधिसभा संसद्को विशेष अधिवेशनभन्दा अगाडि नै राजीनामा दिने भएका हुन्।

    वरिष्ठ नेता नेपाल पक्षीय सांसद्हरूले शनिबार साँझ सांसद् पदबाट राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। राजीनामा पत्र वरिष्ठ नेता नेपाललाई बुझाइएको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए। नेपाल पक्षका २३ जना सांसद्ले राजीनामा दिने तयारी गरेका छन्।

    वरिष्ठ नेता नेपाल पक्षले अहिलेको परिस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेपछि मात्रै ‘नयाँ आधारमा एमालेको एकता खोज्ने’ निष्कर्ष निकालेको छ। साथै पछिल्ला छलफलमा नयाँ पार्टी गठन गर्ने र त्यसको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको छ।

    वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय भीमबहादुर रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहितका नेताहरू ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएको नेपालनिकट श्रोतले बताएको छ।

    राजीनामा दिनुअघि एमाले नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

    :

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…