• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गर्नुभएको छ ।


    प्रधानमन्त्री ओली निकट एक उच्च नेताका अनुसार संभवतः ओलीले आज ११–१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुनेछ र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुहुनेछ ।

    प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको उहाँको बताउनुभयो ष् ‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो’, उहाँले भन्नुभयो,‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो येजना बनेको हो।’


    ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११–१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारी समक्ष राजीनामा बुझाउनुहुनेछ र, राष्ट्रपति भ०डारीले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।

    यदि यही तयारी अनुसार भयो भने पाँच वर्षअघिको घटना दोहोरिने छ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा त्यसको समना नगरी अन्तिम क्षणमा राजीनामादिनुभएको थियो ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओलीले संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको थि९यो । त्यसैका लागि आज सोमबार संसदको विशेष अधिवेशन राखिएको छ।

    तर नेपाली कांग्रेस, मोओवादी केन्द्र र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने जानकारी ओलीलाई दिइसकेका छन् भने एमालेकै माधव नेपाल पक्षका करिब २६ जना सांसदले ओलीलाई विश्वासको मत नदिने बरु सांसद पदबाट नै राजीनामा दिने तयारी गरेका छन्।

    नेपाल पक्षले आज बिहान ९ बजेसम्म प्रधानमन्त्रीले पार्टी सहमतीमा सञ्चालन गर्ने प्रतिवद्धता नजनाए सांसद पदबाट राजीनामा दिने तयारी गरेको छ।

    एमालेका अर्का एक नेताका अनुसार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि फेरि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुने तयारी गरिएको थियो । तर त्यसो गर्दा अल्पमतमा परेपछि फेरि प्रधानमन्त्री नियुक्त भएको जस्ता प्रश्न उठ्ने र विपक्षी दलहरूले बुहमत देखाएर सरकार गठनको दाबी प्रस्तुत गर्न सक्ने भएकाले अन्तिममा आएर राजीनामा दिने निष्कर्ष निकालिएको हो।

    प्रधानमन्त्री ओली पक्षले ओलीले सुरुमा संविधानको धारा ७६ एक अनुसार प्रधानमन्त्री बनेको, संसद पुनस्थापना भएपछि एमाले–माओवादी केन्द्रको संयुक्त सरकार ७६ दुई अनुसार चलेको र अब ७६ तीन अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुन सकिने विश्लेषण गरेको छ।

    ७६ तीन अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेर सकार गठन गरेपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यो अवधीमा बजेट ल्याउन सकिने र बजेटमा लोकप्रिय कार्यक्रम ल्याएर जनतामा स्थापित हुन सहज हुने एमाले नेताहरूको तयारी छ।

    एक महिनापछि विश्वासको मत लिन नसकेको अवस्थामा पछि त्यही लोकप्रिय बजेट देखाएर अर्को चुनावमा जान सहज हुने विश्लेषण नेताहरूले गरेका छन्। राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि आज नै संसदको विशेष अधिवेशन अन्त्य गर्ने तयारी छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…