• काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ।

    एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहले सोमबार बिहानै प्रतिनिधिसभा बैठकमा अनुस्थित हुने निर्णय गरिसकेको थियो। सो निर्णय अनुसार एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन्। पार्टीमा चर्किएको विवादका कारण उनीहरु बैठकमा अनुपस्थित भएका हुन्। सोमबार बिहानसम्म पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भए पनि छलफल सफल हुन सकेको थिएन। सामूहिक राजीनामा दिने बताएको माधव समूहले अन्तिममा बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार नै ह्वीप जारी गर्दै सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन र प्रस्तावको पक्षमा मतदान गर्न भनेका थिए। तर, उनीहरु अनुपस्थित भएपछि अब पार्टीले उनीहरुमाथि के कारबाही गर्छ त्यो भने हेर्न बाँकी रहेको छ।

    अनुपस्थित हुने सांसदहरू:


    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६ . यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल

    ११. जीवनराम श्रेष्ठ

    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल

    १४. गोकर्ण विष्ट

    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी

    १७. झपट रावल

    १८. भीमवहादुर रावल

    १९. दिपकप्रकाश भट्ट

    २०. सुरेन्द्र पाण्डे

    २१. रामकुमारी झाँक्री

    २२. सरला यादव

    २३. पुष्पाकुमारी कर्ण

    २४ं कल्याणी खड्का

    २५.निरादेवी जैरु

    २६. कलिला खान

    २७. लक्ष्मीकुमारी चौधरी

    २८. मुकुन्द न्यौपाने

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…