• काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका २८ जना सांसदहरु प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि मत विभाजन हुँदा एमालेकै २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्रीको प्रस्ताव असफल भएको छ।

    एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव कुमार नेपाल समूहले सोमबार बिहानै प्रतिनिधिसभा बैठकमा अनुस्थित हुने निर्णय गरिसकेको थियो। सो निर्णय अनुसार एमालेका २८ जना सांसद अनुपस्थित भएका हुन्। पार्टीमा चर्किएको विवादका कारण उनीहरु बैठकमा अनुपस्थित भएका हुन्। सोमबार बिहानसम्म पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भए पनि छलफल सफल हुन सकेको थिएन। सामूहिक राजीनामा दिने बताएको माधव समूहले अन्तिममा बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार नै ह्वीप जारी गर्दै सम्पूर्ण सांसदहरुलाई उपस्थित हुन र प्रस्तावको पक्षमा मतदान गर्न भनेका थिए। तर, उनीहरु अनुपस्थित भएपछि अब पार्टीले उनीहरुमाथि के कारबाही गर्छ त्यो भने हेर्न बाँकी रहेको छ।

    अनुपस्थित हुने सांसदहरू:


    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६ . यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल

    ११. जीवनराम श्रेष्ठ

    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल

    १४. गोकर्ण विष्ट

    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी

    १७. झपट रावल

    १८. भीमवहादुर रावल

    १९. दिपकप्रकाश भट्ट

    २०. सुरेन्द्र पाण्डे

    २१. रामकुमारी झाँक्री

    २२. सरला यादव

    २३. पुष्पाकुमारी कर्ण

    २४ं कल्याणी खड्का

    २५.निरादेवी जैरु

    २६. कलिला खान

    २७. लक्ष्मीकुमारी चौधरी

    २८. मुकुन्द न्यौपाने

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…