काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा भने बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बुधबार देशभर चार हजार ४४४ जना कोरोनामुक्त भएका छन् ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए ।