काठमाडौँ – केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्।
बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयतको शपथ लिएका हुन्।
यसअघि उनी २०७२ मा संविधान घोषणा पछि र २०७४ को चुनावपछि प्रधानमन्त्री बनेका थिए।