• रतुवामाई,३१ बैशाख ।  मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई बिहिवार दिउँसो झुर्कियास्थित नगर अस्पताल पुग्नुभयो ।  मेयर राईलाई अचेल एउटै कुराको चिन्ता छ, त्यो हो नगरभित्रका आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने । अस्पताल परिसरमा भेटिनुभएका मेयर राईको ब्यस्तता थियो – कोभिड संक्रमितलाई व्यवस्थित उपचार प्रबन्ध, पिसिआर परीक्षण लगायतमा कुनै कमजोरी हुन नदिनु ।  

    कोभिड १९ को दोश्रो भेरियन्सको संक्रमण जोखिम बढ्दै गएपछि नगरबासीलाई सुरक्षित राख्न मेयर आफैँ निरन्तर लागिरहुनभएको छ । नगरपालिकाले हाल झुर्कियाको नगर अस्पतालमा कोभिड अस्पताल संचालनमा ल्याएको छ । १५ बेडमा स्थापना भएको कोभिड अस्पतालमा हाल ३० जना सम्मको उपचार गर्ने व्यवस्था गरिएको छ । सो अस्पतालमा अक्सिजनसहित कोभिड संक्रमित विरामीको उपचारको प्रबन्ध गरिएको छ ।

    अस्पतालमा हाल एक जना डाक्टरसहितका स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् भने चाँडै नै थप डाक्टरसहित स्वास्थ्यकर्मीको प्रबन्ध गरिँदैछ । सोमबार अस्पताल परिसरमा भेटिनुभएका मेयर राई उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै हुनुहुन्थ्यो । अस्पतालमा विरामीको उपचारमा कुनै कमी हुन नदिन भन्दै मेयर राईले नगरबासीको स्वास्थ्य रक्षाका लागि नगर कार्यपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुहुनछ । मेयर राईको यो कार्यप्रति रतुवामाई नगरबासीले खुलेरै प्रशंसा गरेका छन् । जनताको हितमा काम गर्ने बेला अहिलेनै रहेका भन्दै मेयर राईले गर्दै आएको कदमको स्वागत गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै संगिता राईले मेयर रविन राई लगायत सम्पुर्ण टिमलाई नगरबासीको जनसरोकारमा ध्यान दिएकोमा धन्यवाद ब्यक्त गर्नुहुन्छ । जनप्रतिनिको पहिलो कर्तव्य नै जनतालाई सुरक्षित राख्नु रहेको भन्दै इश्वरीप्रसाद घिमिरेले पनि धन्यवाद ब्यक्त गर्नुभएको छ । यस्तै जितमान शाक्यले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जिम्मेवार जनप्रतिनिधिहरु जनताको हरेक जनसरोकारका विषयहरुमा संवेदनशिल हुनुपर्ने विचार राख्नुहुन्छ । रतुवामाई नगरपालिकाले कोभिड १९ को दोश्रो भेरियन्समा आफ्ना नागरिकलाई सुरक्षित राख्न चालेको कदमप्रति यहाँका नागरिक सन्तुष्ट नै रहेको पाईएको छ ।

    नगरपालिकाले झुर्कियाको अस्पतालमा कोभिड संक्रमितको उपचार हुन नसके थप उपचारका लागि नि ः शुल्क रुपमा अन्य ठुला अस्पतालसम्म पुर्याउने प्रबन्ध पनि मिलाएको छ । त्यसका लागि दुई वटा एम्बुलेन्स र मेयर राईसहित , उपमेयर र प्रमुख प्रशासकिय अधिकृतको सवारी साधनलाई तयारी अवस्थामा राखिएको छ । रतुवामाईमा शुक्रवार दिउँसोसम्म ३३ जना कोभिड संक्रमित होम आईसोलेसनमा रहेका छन् । कोभिड संक्रमणको शंका लागेमा नगरपालिकाले सो अस्पतालमा पिसिआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था पनि गरेको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…