उर्लाबारी नगरपालीकाले शुक्रबारदेखि राजघाट स्थित स्वास्थ्य चौकीमा अक्सिजन सहितको ११ बेडको कोभिड आईसोलेशन सेन्टर शुभारम्भ गरेको छ ।
नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी,वडाध्यक्ष कुल ब.कार्की र चिन्तामणी पौड्येलले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका स्वास्थ्य शाखाका प्रमुख तोयाप्रसाद घिमिरेले बताएका छन ।
यसका साथै उर्लावारी स्थित गोदावारी अस्पतालको १० वेडको आइसोलेसन सहित उर्लावारीमा जम्मा २१ वेडको कोभिड आइसोलेसन सेन्टर तयार भएको छ ।
यस्तै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले भोलि जेठ १ गते १२ वजे देखि कोभिड आईसोलेसन उपचारकालागि १२ वेड र क्रमस आवश्यकता वढे वेड वढाउने तयारीका साथ सेवादिन भएको छ। झट्ट हेर्दा उर्लाबारी नगरपालिका र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरबीचको कम्पीटिसन जस्तो देखिए पनि जनताका हितमा भने छ ।