• विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । 
    सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै
    उल्लङ्घनको क्रम कायमै छ । 

    आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
     तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । 
    नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ?’
     कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने 
    २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक
    वसन्तबहादुर कुँवरले बताउनुभयो ।  तीन हजार ६०७ जनालाई सम्झाइ÷बुझाइ गरी छाडिएको छ । आज नेपाल प्रहरीको सक्रियतामा
    देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका
    २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

    स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा
    स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म
    जम्मा नौ हजार ४४७ वटा सिलिन्डर सङ्कलन गरी सकेको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…