•  

    बुधबार र बिहीबारको भूकम्पको धक्काबाट घर भत्किएका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले पाल, त्रिपाल र आर्थिक सहयोग गरेको छ ।

    बेँसीशहर नगरपालिका वडा नं ११ चिती र दोर्दी गाउँपालिका वडा नंं ८ बन्सारका बासिन्दालाई उक्त सहयोग गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङका प्रमुख सूर्यप्रसाद शर्मालगायतको टोलीले

    अनुगमन गर्दै भूकम्पपीडितलाई उक्त सामग्री हस्तान्तरण गरेको छ ।

    मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुलभुले केन्द्रविन्दु बनाई बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    सोयता पटक पटक गएको भूकम्पको धक्काले जिल्लाका २०८ घरमा क्षति पुगेको जिप्रकाले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

    हालसम्म पनि पटकपटक भूकम्पको धक्का जारी छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…