• काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि सहमती जुट्न नसकेपछि ४ जना मात्र नियुक्त गरेको हो ।




    सरकारले नेकपा एमालेको तर्फबाट २ र माओवादी केन्द्रकोतर्फबाट २ जना मन्त्री नियुक्त गरेको छ । सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ भने अर्थमन्त्रीको दावी गर्दै आएका ईश्वर पोखरलेलाई रक्षा मन्त्रालयको जिम्मा दिइएको छ ।

    यसैगरी गृहमन्त्रीमा रामबहादुर थापालाई नियुक्त गरिएको छ भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरिएको छ । गृहमन्त्री थापाले सरकारमा माओवादी केन्द्रको तर्फतबा नेतृत्व गर्नेछन् ।

    नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्री सहित ७ पुगेको छ । यसअघि एमालेको तर्फबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त भइसकेका छन् ।







सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…