• रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ ।

    धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी

    कार्यालयले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

    गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो ।

    मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिनुभएको छ ।

    पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले

    बताउनुभयो ।

    पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।

    चिकित्सकले आज मृत घोषणा गरेपछि शवपरीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…