• वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगवान् बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ ।

    बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक अमनचयन, एकता, दिगो शान्ति, स्थायित्व र ‘समृद्व नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न बुद्ध

    जयन्तीले थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान तथा महापरिनिर्वाण प्राप्त भएको दिन वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण

    नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

    दरबारको सुखसयल त्यागेर मानिसको दुःखको कारण खोज्न निस्किनुभएका सिद्धार्थ गौतमले बोधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएपश्चात् उहाँ गौतम बुद्धको नामले चिनिनुभएको हो ।

    विश्व शान्ति, अहिंसा र मानवताको भावना विकास गर्न बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

    मुख्यमन्त्री पौडेलले कोरोना महामारीका कारण यस वर्ष खुलेर बुद्ध जयन्ती मनाउन सकिने अवस्था नरहेकाले स्वास्थ्य सावधानीका उपाय अपनाउँदै घर परिवारमै सीमित भई मनाउन अनुरोधसमेत गर्नुभएको छ ।

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…