• नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेशक सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

    बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

    एमालेको स्थायी कमिटी बैठकले सोमवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

    तर बुधबार प्रदेश संसदीय दलको बैठकले भने केन्द्रको निर्देशन कार्यन्वयन नगरी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…