• कोरोना सङक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच समझदारी भएको छ ।

    समझदारीअनुसार युएनपार्कमा रहेको प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ ।

    प्रयोगशालाले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने छ ।

    सङक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा प्रयोगशालाले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ ।

    कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी प्रयोगशालाले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले

    जनाएको छ । समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र प्रयोगशालाको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

    महानगर क्षेत्रभित्र होम आइसोलेनशमा रहेको सङ्क्रमितलाई प्रयोगशालाले स्वास्थ्य सेवा पु¥याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    दोस्रो भेरियन्टको सङक्रमितको सङ्ख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

    उक्त प्रयोगशालाले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…