• २०७४ फाल्गुन १४

    मोरङ । पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी जेसीजले मृर्गौला पीडित सेनेहाङ लिम्बूलाई उपचारको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

    मोरङको मिक्लाजोङ गापा २ का २० बर्षीय लिम्बूको दुबै मृगौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार हुन सकेको छैन ।

    पथरी जेसीजले आगामी फागुन १८ गतेहने होलाी मिलन कार्यक्रमबाट रकम बचाएर सेनेहाङको उपचारका लागि रकम प्रदान गर्ने जेसीज अध्यक्ष टिकाविक्रम चौहानले बताए ।

    आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जेसीजले सो कुरा बताएको हो ।

    जेसीजले प्रत्येक बर्ष पथरीमा होली मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    यो बर्ष होली कार्यक्रमकै अवसरमा आर्थिक संकलन गरेर मृगौला पीडित लिम्बूलाई आर्थिक सहयोग गर्न लागिएको कार्यक्रम संयोजक सुमन राईले बताए ।

    होली मिलन सांगीतिक कार्यक्रममा गायक दीपक लिम्बू लगायतको कलाकारहरु पथरी आउने जेसी टेकेन लिभाङले बताए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…