• २०७४ फाल्गुन १४

    मोरङ । पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी जेसीजले मृर्गौला पीडित सेनेहाङ लिम्बूलाई उपचारको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

    मोरङको मिक्लाजोङ गापा २ का २० बर्षीय लिम्बूको दुबै मृगौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार हुन सकेको छैन ।

    पथरी जेसीजले आगामी फागुन १८ गतेहने होलाी मिलन कार्यक्रमबाट रकम बचाएर सेनेहाङको उपचारका लागि रकम प्रदान गर्ने जेसीज अध्यक्ष टिकाविक्रम चौहानले बताए ।

    आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जेसीजले सो कुरा बताएको हो ।

    जेसीजले प्रत्येक बर्ष पथरीमा होली मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    यो बर्ष होली कार्यक्रमकै अवसरमा आर्थिक संकलन गरेर मृगौला पीडित लिम्बूलाई आर्थिक सहयोग गर्न लागिएको कार्यक्रम संयोजक सुमन राईले बताए ।

    होली मिलन सांगीतिक कार्यक्रममा गायक दीपक लिम्बू लगायतको कलाकारहरु पथरी आउने जेसी टेकेन लिभाङले बताए ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…