• काठमाडौं, जेठ १७ गते । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समसामयिक तथा राजनीतिक विषयमा बोल्दै विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको बताउनुभएको छ ।

    सोमबार राष्ट्रिय युवा संघद्वारा आयोजित भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक विषय तथा समसामयिक विषयमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीको समयमा विपक्षीहरुमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र र्वतमान सरकारको पनि विभिन्न भ्रमहरु छर्ने काम चाही विधि, पद्दति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ ।


    प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको उद्देश्य सरकार चलाउन नभएर चुनाव गराउनु रहेको पनि बताउनुभएको छ । उहाँले अस्ति नै नयाँ सरकारको गठन हुने वातावरण बनिसकेको अवस्था थियो, विगतमा पनि संविधानको नियोजित व्याख्या गर्ने काम भएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले विगतको प्रतिनिधिसभा विघटन पश्चात् सिर्जित राजनीतिक अवस्थाका बारेमा पनि बोल्नुहुदै वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एकदमै अनुशासनहीन भएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सम्भावना हुदाहुदै पनि पार्टीभित्रै व्यक्तिहरुबाट निर्दलीय कार्यमा संलग्न हुनु इतिहासमै गलत र अलोकतान्त्रिक काम भएको बताउनुभयो । यति गर्दापनि उहाँहरुलाई लज्जाबोध छैन, प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…