• २०७४ फाल्गुन १४

    मोरङ । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको टोलीले आज(सोमबार) मुख्यमन्त्री शेरधन राई लगायतलाई ज्ञापनपत्र बुझाएको छ ।

    किरात राई विद्यार्थी संघ किरात राई विद्यार्थीहरुको साझा संगठन हो ।

    संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राई सचिव सुशन राई लगायतको टोलीले आज मुख्यमन्त्रीको कार्यालय विराटनगर पुगेर ज्ञापनपत्र बुझाएको हो ।

    १ नम्बर प्रदेशलाई किरात नामाकरण गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

    संघले मुख्यमन्त्री राईलाई फेटा तथा खादा लगाएर बधाई तथा शुभकामना समेत दिएका थिए ।

    ज्ञापनपत्र प्रदेश संसदका सभामुख प्रदीपकुमार भण्डारी, संसदीय दलका नेताहरुकांग्रेसका राजिव कोइराला, माओवादी केन्द्रका टंक आङ्बुहाङ, संघीय समाजवादी फोरमका जयराम यादन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(लिम्बुवान), राप्रपा लगायतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताए ।

    संघले प्रदेशको राजधानी धनकुटा राख्दा सबैभन्दा उत्तमहुने धारणा यस अघि नै सार्वजनिक गरेको छ ।

    ज्ञापनपत्र लिने क्रममा मुख्यमन्त्री राईले साझा संगठन किरात राई विद्यार्थी संघको भावनाको कदर गर्न प्रयास गर्ने बताएका थिए ।

    संसदको दुई तिहाईले मात्र नाम पारित गर्ने बताउदै आफ्नो ठाउँबाट प्रयास गर्ने आश्वासन दिएका थिए ।

    केही दिन अघि माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले आधारपत्र बुझाएको थियो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…