• २०७४ फाल्गुन १४

    मोरङ । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको टोलीले आज(सोमबार) मुख्यमन्त्री शेरधन राई लगायतलाई ज्ञापनपत्र बुझाएको छ ।

    किरात राई विद्यार्थी संघ किरात राई विद्यार्थीहरुको साझा संगठन हो ।

    संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राई सचिव सुशन राई लगायतको टोलीले आज मुख्यमन्त्रीको कार्यालय विराटनगर पुगेर ज्ञापनपत्र बुझाएको हो ।

    १ नम्बर प्रदेशलाई किरात नामाकरण गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

    संघले मुख्यमन्त्री राईलाई फेटा तथा खादा लगाएर बधाई तथा शुभकामना समेत दिएका थिए ।

    ज्ञापनपत्र प्रदेश संसदका सभामुख प्रदीपकुमार भण्डारी, संसदीय दलका नेताहरुकांग्रेसका राजिव कोइराला, माओवादी केन्द्रका टंक आङ्बुहाङ, संघीय समाजवादी फोरमका जयराम यादन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(लिम्बुवान), राप्रपा लगायतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताए ।

    संघले प्रदेशको राजधानी धनकुटा राख्दा सबैभन्दा उत्तमहुने धारणा यस अघि नै सार्वजनिक गरेको छ ।

    ज्ञापनपत्र लिने क्रममा मुख्यमन्त्री राईले साझा संगठन किरात राई विद्यार्थी संघको भावनाको कदर गर्न प्रयास गर्ने बताएका थिए ।

    संसदको दुई तिहाईले मात्र नाम पारित गर्ने बताउदै आफ्नो ठाउँबाट प्रयास गर्ने आश्वासन दिएका थिए ।

    केही दिन अघि माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाले आधारपत्र बुझाएको थियो ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…