• अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ ।

    सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको बजेटपछिको छलफलमा उहाँले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

    त्यसको लागि उहाँले आजदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल शुरु गर्ने जानकारी दिनुभयो । सरकारले ल्याएको बजेट यसपछि आउने सरकारले पनि निरन्तरता दिने बताउँदै उहाँले निर्वाचनपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामथ्र्य राख्ने उल्लेख गर्नुभयो ।

    सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नको लागि बजेट ल्याएको बताउदै बजेट भित्र बसेर टिप्पणी गर्न उहाँको आग्रह छ ।

    अहिलेको परिस्थितीसँग सरकार जुधिरहेको उहाँको तर्क रहेको छ । “ हामी कोभिड भनेर हात ठडाएर बस्दैनौ, आजको परिस्थितीसँग जुध्दै अघि बढ्छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “ निर्वाचन हुदैछ बजेट नल्याउ भन्न मिल्दैन, बजेट नल्याउनु भनेको यस्तो बेला कोभिड खोप नल्याउ, कोरोनाको विषम परिस्थितीसँग नजुध भने जस्तै हो ।

    ” उहाँले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

    राजनीतिक दलका टिप्पणीबाट भ्रमित नभई आर्थिक क्रियाकलापमा लाग्नको लागि निजी क्षेत्रलाई उहाँले सुझाव दिनुभयो ।

    सरकारले ल्याएको बजेट आगामी सरकारले कार्यान्वयन गर्नैपर्ने हुने उहाँको कथन छ ।

    निर्वाचन सरकारको रोजाइ नभएको भन्दै परिस्थितीको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उहाँको भनाइ छ ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि बजेट कार्यन्वयन हुन्छ भन्नेमा सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

    बजेट कार्यान्वयन समयमै गर्नको लागि बजेट मार्फत केही सुधारको प्रयास गरिएको उहाँकोे भनाइ छ ।

    बजेट कार्यान्यवनको लागि जग्गा प्राप्तिलाई सहज गराइने, बजेट सूचना प्रणालीलाई संशोधन गरी रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था गरिने र आयोजनालाई सुक्ष्म ढङ्गले विश्लेषण गर्न आयोजना प्रमुख र सचिवलाई जिम्मेवार बनाइने उहाँको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसपालीको बजेटमा केही सुधारको प्रयास भएको बताउनुभयो ।

    “ निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाब सम्बोधन भए, कोभिड खोपको व्यवस्थाका लागि बजेट ठिक छ, पर्यटन , मनोरञ्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो आएको छ राम्रो छ”, अध्यक्ष गोल्छाले भन्नुभयो ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतिपूर्ण भएपनि बजेट नीति सकरात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

    उहाँले समयमै सर्वसुलभ भ्याक्सिनको व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भइ साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उल्लेख गर्नुभयो ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्यन्वयनमा चुनौतिका बाबजुद बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…