• असार १ उर्लाबारी
    झापाको कमल गाउँपालिका–१ सोलमारीका राजु चौधरी परिवारलाई सुखदिने भन्दै भारत कमाउन गएका उतै दोश्रो बिवाह गरेपछि परिवारको बिचल्ली भएको छ । 


    परिवारमा श्रीमती सहित १८ वर्षकी जेठी छोरी, १४ वर्षकी माइली छोरी र दुई नाबालकको बिजोग भएको हो । बिवाह भएको २० वर्ष भैसकेको र पारीवारीक अवस्था ज्यादै कम्जोर भएको उनका श्रीमती जानुका चौधरीले बताइन । उनि भन्छीन भारत गएको एक वर्ष सम्म बोलीचाली हुनथ्यो पछि फोन गर्नै छाड्यो, गएदेखि अहिले सम्म एक पैसा पठाएको छैन, छोरीहरु हुर्कीसके पढन पाएको छैन पेटपाल्न अर्काको घरमा बोनीबुतो गरी हिड्छन, मपनि पायल्सको बिरामी छु महिनामा पैतिस सयको औषधि खानुपर्छ जेठी छोरी फर्निचरमा काम गरेर उपचार गरीरहेकी छिन, छोरीको बिवाह गर्ने उमेरमा बाउ आफै बिहाव गरे भन्दै फोन गर्छ र फेसबुकमा कान्छी बुडीको फोटो फोष्ट गर्छ, मैले धेरै सम्झाए सकिन कान्छी सौतेनी संग पनि कुरा गरे भन्छे मैले पैसा पठा भन्द मान्दैन, जा भन्दा मान्दैन मैले के गर्नु । 

    भारतमै रहेका राजुको भाई सिताराम चौधरी संग बुज्दा मैले धेरै सम्झाए उल्टै कुट्न खोज्छ, सात वटा छोराछोरी भएको आइमाई संग बिवाह गरेको छ, राजुसंग पोइला गएको छोराले थाहा पाएपछि छोराले आत्महत्या समेत गर्नपुग्यो, आइमाई आसामको हो र त्यो आइमाईको श्रीमान मसंगै काम गर्छ, आइमाईको श्रीमानले आइज स्विकार्छु भन्दा समेत आइमाई आउन नचाहेको बताए ।

    यता छिमेकी भने कति सहयोग गर्नु हामीले । थाहापाए अनुसार कहिल्यै झगडा भएको सुनिएन पहिला दुबैजना मिलेरै खाएकै हो, जे भो भैगो यता उस्को श्रीमती बिरामी संगै छोराछोरीको भविष्य डामाडोल भएको अवस्था छ जसरी हुन्छ आओस परिवार संग मिलेर बसोस भन्ने भनाइ छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…