• बुधराज लिम्बू योङ्हाङ, इलाम ।
    अनेरास्ववियुले आइतबार माइ नगरपालिका लाई ज्ञापनपत्र बुझाएको छ। स्थानीय सरकारले माइ नगर पालिकामा स्नातक तह सम्मको पढाइ नि:शुल्क गर्न माग गरेको हो।

    स्ववियु माई नगर कमटीका संयोजक पुस्प चापागाईंका अनुसार अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा माइ न पा: मा केही बिधालयहरुमा शुद्ध पिउने पानी राम्रो शौचालय नभएकोले सो समस्याको तत्काल समाधान गर्नुपर्ने माग राखेको छ।

    उक्त समस्या तत्काल समाधान गर्न अनेरास्ववियुले सुझाव समेत दिएको माइ नगर कमिटीका सह; संयोजक पम्फा राईले जानकारी दिईन।अनेरास्ववियु माइ नगर कमिटीले ज्ञापनपत्र बुझाउदै नगरपालिकामा स्नातक तह सम्मको अध्यापन नि:शुल्क हुनु पर्ने र सामुदायिक विध्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ अनिवार्य रुपमा निशुल्क स्वास्थ्य विमा गरिनु पर्ने जस्ता महत्त्वपूर्ण मागहरु अघि सारिएको छ।

    माइ नगरपालिका अनेरास्ववियुको इन्चार्ज तथा जिल्ला कार्यालय सदस्य गोपाल आचर्यका अनुसार, ज्ञापनपत्र ग्रहण पछि नगरपालिकाको तर्फबाट मेयर दिपक कुमार थेबेले आफ्नो धारणा राख्दै, अनेरास्ववियुले राखेको माग प्रति नगरपालिको ध्यानकर्षण भएको र सो समस्याहरुको हल गर्न श्रोत र साधनले भ्याए सम्म निरन्तर लाग्ने बच्चन दिएको बताए ।

    भने आगामी ०७८/०७९ बजेटमा अनेरास्ववियुले राखेको मागको सम्बोधन गर्ने प्रतिबद्धता समेत नगर प्रमुख दिपक थेबेले ब्यक्त गरेका छन्।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…