• काठमाण्डौं- नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।

    हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले दुबइस्थित ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरेको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताउनुभयो ।

    कोभिड–१९ को महामारीका कारण सो पुरस्कार भौतिक उपस्थितिमा नभई प्रमाणपत्र उपलब्ध भएको जनाइएको छ । तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् (हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षा सञ्चालन गर्दै आएको छ ।

    प्रगतिशील शिक्षण र सिकाइ अवधारणाको कार्यान्वयन गर्दै आएको सो कलेजले बोर्डको परीक्षामा गत सात वर्षदेखि ९० प्रतिशत सफल नजिता हासिल गर्दै आएको छ । यस कलेजमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् ।

सम्वन्धित समाचार

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…

मोरङ । बालिका होटलमा ल्याएर यौन कार्य गरेको अभियोगमा ३५ बर्षिय देबजित दासलाई जबरजस्ति करणी मुद्धा दर्ता भ…

मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँ…