• सिरहा असार १७ गते । दशकौपछि गाउँमा विधुत जडान हुदाँ सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१३ स्थित श्रीलंका टापु (गोबरगाढा) का वासिन्दा खुशी भएका छन् । वर्षौदेखि अन्ध्यारोमा बस्नुपर्ने समस्याबाट छुटकारा मिलेको स्थानीय लटु यादवले वताए । उनले थपे हाम्रो गाउँ सप्तरी जिल्लाकै विकट र सुविधाको हिसावले पनि पछाडी परेको वताए ।

    हामीले पटक–पटक विधुत,सडक लगायतका समस्या लिएर कैयौं नेता,कार्यालय गयौं तर कसैले हाम्रो समस्याबारे सुनेन् । तर विधुत प्राधिकरण शाखा सप्तरी राजविराजका प्रमुख अमोद कुमार यादवले समस्या समाधानका लागि केन्द्रमा पहल गरेर यस्तो टापुमा विधुतको सेवा विस्तार गरेको प्रति हामी गाउँले वहाप्रति हार्दिक अभार प्रकट गदै फुलमालाले गाउँमा स्वागत समेत गरे । उहाँ हाम्रो समाजको लागि भगवान नै हो हाम्रो सपना साकार गर्नमा उहाँको ठुलो योग्दान रहेको वताए ।

    विधुत प्राधिकरण सप्तरी राजविराजका प्रमुख अमोद कुमारका अनुसार श्रीलंका टापु एलानी जग्गामा वसोवास भएको वस्ति हो । त्यस गाउँमा वसोवास गर्नेले पशुपालन,गाई,भैसी,वाख्रा लगायतको व्यवसाय गरी जिविकोपार्जन गर्दै आइरहेका छन् । त्यस गाउाँमा विधालय,स्वास्थ्य चौकी छ तर विधुत थिएन । नेपाल विधुत प्राधिकरणले दिएको सुविधा अनुसार हामीले प्रसारण लाईन विस्तार गरी सेवा प्रवाह गरेका हौं । गतवर्षदेखि नै टापुमा विधुतको सेवा विस्तार गर्ने योजना अनुरुप काम भइरहेको थियो तर कोरोना संक्रमणका कारण यतिका समय लागेको वताए ।

    प्रमुख यादवले भने शाखाका कर्मचारीका साथ र सहयोगले हामीले दुर्गम भेगमा सेवा विस्तार गर्न सफल भयौं यसले वर्षौदेखिको समस्या समाधान भएको छ । विधुतका कारण त्यहाँका किसानले पशुपालन,कृषि लगायतको क्षेत्रमा गरेको लगानीको प्रतिफल सहज रुपमा पाउने विश्वास व्यक्त गरेका छन् । शाखा प्रमुख यादवले भने टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत सेवा जडान भएको छ ।

    २ करोड ५० लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी दुर्गम गाउँमा विद्युत सेवा संचालन गरिएको केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार ८०÷८५ घरधुरीमा विद्युत सेवा पुर्याइएको वताए । हनुमाननगर कंकालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ । गाउँमा ५० केभीएको ट्रान्सफर्मर राखेर विद्युत सेवा प्रवाह गरिएको छ । गाउँमा विद्युतीकरण गर्न ११ केभी हाइ टेन्सन लाइनको १ सय १८ वटा पोल जडान गरिएको छ ।

    लो टेन्सन लाइनको ५० वटा पोल राखिएको छ । संरचना निर्माणको काम थालेको २ वर्षमा गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् ।

    गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् । श्रीलंका टापुमा विद्युत पुगेपछि सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि यादवले वताए । वितरण केन्द्रअन्र्तगत विद्युत प्राधिकरणको विद्युत सेवा लिने करिब ५५ हजार ग्राहक छन् ।

    वितरण केन्द्रका अनुसार त्यस टापुमा विधुत संचालन भएपनि विधुतको मिटर जडान गर्नका लागि स्थानीय वासिसंग नम्बरी जग्गा नभएको हुँदा धरौटी राखेर मिटर जडान गर्नुपर्ने वाध्यता रहेको प्रमुख यादवले वताए ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…