• २०७४ फाल्गुन १५ मंगलबार

    काठमाडौं । आतंकबादी संगठन आईएसको पतनपछि आईएस लडाकुका हजारौं पत्नीहरु युरोप प्रवेश गरेको समाचार छ ।

    आईएसको गढमा कमजोर बनेको उसको तागत पछि मिडियामा यो समाचार आउन थालेको छ कि हजारौं संख्यामा जिहादीहरु युरोपका अलग अलग देशहरुमा प्रवेश गरिरहेका छन् ।

    मेल अनलाइनमा छापिएको रिपोर्टका अनुसार यी आतंककारीहरुको ती लडाकूकी श्रीमतीहरुको युरोप प्रवेशको पछाडि खतरनाक आतंकबादी योजना हुनसक्ने आकलन समेत गरिएको छ ।

    यो देखेपछि यूरोपियन यूनियन बोर्डर फोर्सले समेत यसबारे चेतावनी दिईसकेको छ ।

    २०१६ मा ब्रसेल्समा भएको आतंक अझैपनि आम युरोपियनहरुको मानस पटलमा जिउँदै छ ।

    मिडिल ईस्टबाट आतंकबादी संगठन आईएससँग जोेडिएका लडाकूकी श्रीमती तथा बच्चाहरु युरोपमा प्रवेश गरिरहेका छन् ।

    ईयू सुरक्षा बलको रिपोर्टमा पनि आईएसबाट युद्ध लड्दा श्रीमान् गुमाएका आईएसका पत्नीहरुको ईयू प्रवेशको संकेत राम्रो नभएको उल्लेख गरिएको छ ।

    आतंकवादी संगठनसँग जोडिएका यी व्यक्तिहरु सानो योजनाले नआएको हुनसक्ने उल्लेख प्रतिवेदनमा गरिएको छ ।

    पछिल्ला केही समयका रिपोर्टहरुका अनुसार यस्ता आतंकवादी काममा पुरुषसँगै महिलाहरुको पनि संख्या त्यत्तिकै बढी भेटिएको छ ।

    नोट्रेडेम क्याथड्रेलमा गत वर्ष सेप्टेम्बरमा भएको आत‌ंककारी गतिविधिमा पुरुषभन्दा बढी महिलाहरुको संख्या बढी रहेको थियो ।

    अहिलेको यो घटनाबाट युरोपबासीमा पनि नयाँ त्रासको सुरुवात भएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…