• प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आज बिहान एमाले प्रदेश १ संसदीय दलले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो।  उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

    ९३ सदस्यीय प्रदेश सभामा एमालेका प्रस्ट बहुमत छ। प्रदेश सभामा एमालेका ५२ जना सांसद रहेका छन्। यसअघि एमालेले बागमती प्रदेशमा पनि मुख्यमन्त्री हेरफेर गरेको थियो। डोरमणि पौडेलले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको थियो।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…