• मोरङ । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)को १० वडामै सर्बसहमत नेतृत्व चएन भएको छ । 
    शनिबार (कार्तिक ६)मा भएको वडा अधिवेशनबाट १० वटै वडाको अध्यक्षहरु सर्बसहमतिका आधारमा चयन भएको हो । 
    वडा नम्बर १ मा प्रदिपकुमार राई, २ मा नैना राई, ३ माणेश बाछना राई, ४ मा प्रेम न्यौपाने, ५ मा बिनय तिम्सिुना, ६ पदम धिमाल, ७ मा दुर्गा तामाङ ८ मा नबिनजंङ्ग कार्की, ९ मा फडिन्द्र कार्की र १० नम्बर वडामा पर्बत थापा सर्बसहमत अध्यक्षमा चयन भएका हुन । वडाको ७ नम्बरमा मिलाउन किक्कै कठिन भएपनि आइतबार मात्र मिलेको सो संगठन एक नेताले बताए । 

    मंगलबार (९ कार्तिक)मा हुने पथरी शनिश्चरे नगर अधिबेशनमा भने १० भन्दा बढीले अध्यक्षमा आकांक्षी राखेको बुझिएको छ । जसमध्ये बाबुराम लिम्बू, उमानाथ अधिकारी, भीम राई, रमेश दाहाल, प्रकाश कार्की, ज्ञानेन्द्र अधिकारी, रोशन बुढाथोकी लगायतको दाबेदारी रहेको श्रोतले बताएको छ । 
    नगरको उपप्रमुख यमुना बिष्ट, पार्थबहादुर बुढाथोकी, भगत थपलियाको नाम पनि आन्तरिक रुपमा चर्चा आएपनि दाबेदारी नरहेको एमाले बर्तमान अध्यक्ष समेत रहेका प्रदेश सुदस्य मोहन तुम्बापो लिम्बूले बताए । आफूलाई नगर अधिवेशनको समन्वयको जिम्मेवारीमा खटाएकोले आफू नगर अध्यक्षको दाबेदारी नरहेको भगत थपलियाले बताए । 
    नगरमा सर्वसहमत नेतृत्व चयन गर्न प्रदेश सदस्य रामकुमार बस्नेत, युबराज बास्कोटा, मोहन तुम्बापो लिम्बू, कृष्णकुमारी बिक, देवराज भण्डारी लगायतका नेताहरुले प्रयास गरिरहेको श्रोतले जानकारी दिए । यो पटक सर्बसहमत नेतृत्व चयनको लागि पार्टी माथिल्लो कमिटिको आन्तरिक निर्देशन भएकोले नेताहरु मिलाउन लागि परेको बुझिएको छ । 
    एमालेको भर्खरै समापन गरेको बिभान सभाले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सुचिव र सहसचिव एक एक जनासहित गाँउ र नगरमा ७५ उपमहानगरमा ८५ र महानगरमा १०१ सदस्य रहने ब्यबस्था गरेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…