• मोरङ, १० कात्तिक

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

    कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने  सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो । 
        
    सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनाका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने बताउनुभयो । 

    उहाँले प्रदेशका अत्यधिक जनताको उपचार केन्द्रका रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेका कारण यसको परिसरमा रु पाँच करोडको  लागतमा भवन निर्माणकार्य सुरु भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी  गर्नुभयो ।

    उहाँले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई  खोप लगाउने कार्य सुरु गरिने जानकारी दिनुभयो ।

        अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले स्वास्थ्य बीमा समितिबाट अस्पतालले रकम पाउन बाँकी रहेकाले औषधिको रकम तथा अस्पताल विकास समितिका कर्मचारीलाई तलब भुक्तानी गर्न समस्या उत्पन्न भएको गुनासो गर्नुभयो । उहाँले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको जनाउँँदै  दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पताल आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । 

    सो अवसरमा विराटनगर उपमहानगरपालिका–१२ का स्वास्थ्य बीमा सेवाग्राही सर्मिष्ठा श्रेष्ठले बीमाबाट अस्पतालबाट सेवा लिन धेरै दुःख व्यहोर्नु परेको र विगतमा जस्तै अन्य अस्पतालबाट समेत सेवा उपलव्ध गराउने कार्यको  पहल गर्न मन्त्री खतिवडासमक्ष अनुरोध गर्नुभयो ।(फोटो उपलव्ध छ)

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …