• मोरङ । मोरङको पथरीशनिश्चरे–९ स्थित महेन्द्रचौक साना किसान कृषि उत्पादन समूहले रासायनिक मल न्युनिकरण, प्राङ्गारिक खेति प्रबर्धन तथा पशुपंक्षी पालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
    समूहका अध्यक्ष डिल्लिराम भट्टट्टाईको सभापतित्वमा बुधबार भएको कार्यक्रम नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, कृषि शाखा प्रमुख टिका राई, प्रविधिक जगनाथ आचार्य लगायतले उपस्थित किसानहरुलाई तालिम दिएका थिए । 
    पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, संविधान सभा सदस्य चण्डीप्रसाद राई लगायतले कृषि तथा पशुपंक्षी प्रवर्धन बारे मन्तब्य राखेका थिए । नगरप्रमुख दिलिपकुमार राईले नगरलाई कृषि सम्बन्धी नमुना बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा करिव ५० जना कृषकहरुको सहभागिता रहेको थियो । 
    पथरीशनिश्चरे नगरपालिका अर्गानिक नगर बनाउने अभियानमा लागेको छ । जैविक मल पूर्ण रुपमा विस्थापित गर्न प्राङ्गारिक मल उत्पादन हुँदै आएको छ । 
    नगरपालिकाले नगरका बास्तविक किसान पत्ता लगाउन जनगणना सञ्चालन गर्दैछ । २ नम्बर वडाबाट बास्तविक किसान पत्ता लगाएर कार्यक्रम सञ्चालन हुने नगरको योजना अघि सारेको छ । 
    एप मार्फत कृषकले लगाएको बाली तथा पशुपंक्षीको समस्याको सूचना दिने डिजिटल कृषि सेवा केन्द्र समेत स्थापित भएको छ । जियो कृषि नामको एपबाट बिभिन्न बाली तथा पशुपंक्षीमा हुने समस्या कृषिकलाई जानकारी दिने कार्यक्रम १ नम्बर प्रदेशमै पहिलो भएको पशुपंक्षी शाखाको प्रमुख हेमचन्द्र दाहालले बताए । 
     

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …