• पथरी । मोरङको कोनेपोखरीमा नेकपा(एमाले)मा दुई लाइन देखिएपछि नेतृत्व चयनमा सकस परेको छ ।
    मंगलबार (कार्तिक ९)मा भएको अधिवेशनमा पालिकाको नेतृत्व सर्वसहमति नभएपछि तीन दिनदेखि सकस परेको हो ।
    अध्यक्ष पदमा ४ जनाले उमेदद्वारी दिएका छन् । दानबहादुर बस्नेत, सुशिल बुढाथोकी, भूपाल श्रेष्ठ र खडानन्द घिमिरेको उमेद्वारी परेको हो । भुपाल श्रेष्ठ र खडानन्द घिमिरेले छाड्ने प्रचार भएपनि हालसम्म मनोनयन फिर्ता भएको छैन् । यद्यपि निर्वाचन भएमा दानबहादुर बस्नेत र शुसील बुढाथोकी प्रतिष्पर्धा हुने आन्तरिक वृतमा छलफल भइरहेको बुझिएको छ । 
    त्यसैगरी एक उपाध्यक्षमा ४ जनाले मनोनयन दर्ता गरेका थिए । खेमकुमारी दाहाल, भिम बस्नेतले मनोनयन फिर्ता लिएपछि अब यशोदा लिम्बु र चन्द्र खड्का दुई जना रहेका छन् । पदाधिकारीमा एक जना अनिवार्य महिला हुनेपर्ने विधानमा ब्यबस्था भएको कारण यशोदा लिम्बु सर्वसहमत हुने सम्भाबना बढेको छ । त्यसका लागि खड्काले उमेद्वारी फिर्ता लिनुपर्ने हुन्छ । 
    एक सचिव पदमा ५ जनाले मनोनयद दर्ता गरेका थिए । बुधबार चार जनाले फिर्ता लिएपछि पुन चरण गुरुङ सचिव चयन भइसकेका छन् । सचिवमा मोहन प्रसाद अधिकारी, अर्जुन मगर, खड्ग बस्नेत, हेमचन्द्र भण्डारीले उमेद्वारी फिर्ता लिएका हुन । 

    दुई उपसचिवमा १२ जनाले मनोनयन दर्ता भएको थियो । दुई जनाले फिर्ता लिएपनि अशोक फुयल, यामप्रसाद पौडेल, देवीन समाल, गोपाल भट्टाराई, अनिल कार्की, वीरवहादुर कार्की, डम्बर बहादर कटुवाल, टंकप्रसाद घिमिरे, कृष्ण थामी र हरि न्यौपाने गरी १० जनाको उमेदद्वारी कायम रहेको निर्वाचन समितिको संयोजक दामोदर सिग्देलले बताए ।  
    पालिकाको ७ वटा वडाबाट ५१४ प्रतिनिधि रहेका छन् । पालिका समितिको सदस्यहरु भने टुङ्गो लागेको बताइएको छ । 
    सर्बसहमतिको लागि भन्दै निर्वाचन समितिले १० गते ३ पटक सूचना टाँस्दै मनोनयन फिर्ताको समय बढाउदै आएको बुझिएको छ । उमेद्वारी फिर्ता नभएमा शनिबार (१४ गते) निर्वाचन हुने दामोदर सिग्देलले बताए । 


    नेतृत्व चयनमा दुई लाइनको टक्कर
    कानेपोखरी एमालेमा यसरी नेतृत्व चयनमा सकस पर्नुमा दुई लाइनवीचको टकराब भएको बुझिएको छ । 
    एउटा ध्रुवमा ताराबहादुर काफ्ने (पालिका प्रमुख), दानबहादुर बस्नेत र भोला अधिकारी, भूपाल श्रेष्ठ अर्को ध्रुवमा भएको बुझिएको छ । 
    अध्यक्षको प्रत्यासी सुशील बुढाथोकी सुरुमा काफ्लेतिर भएपनि पछिल्लो समयमा भोला  अधिकारीको क्याम्पबाट उमेद्वारी उभिने श्रोतको दावि छ । बढाथोकी २ नम्बर वडा अध्यक्ष (जनप्रतिनिधि) हुन् ।
    एमाले बिभाजन अघि ताराबहादुर काफ्ले, दानबहादुर बस्नेत लगायत नेपाल पक्षमा थिए । भोला अधिकारी, भूपाल श्रेष्ठहरु ओली तिर । पार्टीको औपचारिक बिभाजनपछि पालिका प्रमुखसमेत रहेका काफ्ले एमालेमै रहेपनि यो अधिवेशनमा दुई लाइन सक्रीय भएको देखिन्छ । 
    कानेपोखरीमा ७ वटा वडा मध्ये १ मा चन्द्र मगर, ४ मा टेकबहादुर तामाङ र ५ नम्बरमा युवराज लुइटेल एमाले अध्यक्ष बनेका छन् । तीनै जना माओवादी केन्द्रबाट भर्खरै एमालेमा प्रवेश गरेका हुन् । १ र ५ मा सर्बसहमतिबाट भयो भने ४ नम्बर वडामा पुराना एमाले नेतासंग निर्वाचनमा जितेर अध्यक्ष बनेका हुन् । यसरी माओवादी पृष्टभूमिका कार्यकर्ताहरुलाई अध्यक्ष बनाउन नगर प्रमुखसमेत रहेका नेता ताराबहादुर काफ्ले लागेको श्रोतको भनाइ छ । 
     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…