• बाँके, १२ कात्तिक

     बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ ।

        भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ । जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताउनुभयो । 

        नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारी बताउनुहुन्छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…