• काठमाडौँ, १४ कात्तिक

     ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल  बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहि¥याउनुभएको थियो ।

    शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गनुएहुनेछ । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहनुभएको थियो ।

    गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गर्नुभएको थियो । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप,  प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित हुनुभयो ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…