• काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको काभ्रे जिल्ला अध्यक्षमा टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई  पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । राप्रपा काभ्रे जिल्ला  उपाध्यक्षमा गणेशलाल श्रेष्ठ,श्रीदास लामा,गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन । २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तिब्रता दिइने अध्यक्ष लामाले बताए।

    अधिवेशनको उद्घाटन  राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए । उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै  गठन भएको ४ महिना अवधीमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे । कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिं मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…