•  कात्तिकभरका प्राकृतिक विपद् घटनामा एक सय २१ को मृत्यु भइसकेको छ ।  २८ जना अझै बेपत्ता छन् । 


    गृह मन्त्रालयका अनुसार अहिलेसम्म ४४ घाइते रहेका र एक सय ७९ घरमा क्षति पुगेको छ । कात्तिक १ रातिदेखि ३ गतेसम्मको बेमौसमी अविरल वर्षाका कारण ठूलो क्षति भएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    बाढी, पहिरो, डुबान र रुखले किचेर लगायत घटनामा मानिसको मृत्यु भएको हो । पूर्व र पश्चिम क्षेत्रमा अविरल वर्षाले बढी क्षति गरेको थियो । 

    कात्तिक ३ गते सबैभन्दा बढी ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले एक जनाको मृत्यु भएकामा २ लाख र एकै परिवारमा त्योभन्दा बढीको मृत्यु भए जनही एक लाख रुपैयाँका दरले पीडित परिवारलाई राहत वितरण गर्दैछ ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…