• काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्ष र विपक्षमा कानुन व्यवसायीहरु विभाजित भएका छन् ।

    आइतबार नेपाल बार एशोसियशनमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ र दिन हुँदैन भन्ने विषयमा कानुन व्यवसायीबीच जुहारी नै चलेको छ।

    प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा अधिकांश अधिवक्ताहरूले कालोपट्टी बाँधेर विरोध गरिरहेको बेला केही अधिवक्ताहरू भने सेतोपट्टी बाँधेर इजलासको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। इजलासको माग गर्दै प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुडाल लगायत छन्। कानुन व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा सहमत नभएकाले सेतोपट्टी बाँधेर प्रदर्शन गरेको बताए।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन्। न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरेका छन्।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…