• विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने  निर्णय गरेका छन् । आइतबार बसेको विपक्षी गठबन्धनको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने  निर्णय गरेको हो ।


    आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिदैछन् । आइतबार बसेको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने र गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अघि सार्ने सहमति गरेको  नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबादुर आङ्बाले बताए । 


    मुख्यमन्त्रीमा काङ्ग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको  छ । बैठकले  नयाँ सरकार गठनपछि केन्द्रीय तहमा आलोपालोका विषयमा छलफल गर्नेसहमति गरेको छ ।
    ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लगि ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…