• नेकपा एमाले उर्लावारीलाई अध्यक्ष छान्न सकस भएको छ ।
    देशव्यापी रुपमा सर्वसम्मत नेतृत्व चयन गरिएको अभ्यास उर्लावारीमा असफल हुने भएपछि निर्वाचन हुने भएको छ ।


     कार्तिक १३ गते सुरु भएको नगर अधिवेशनमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि निर्वाचन हुने भएको छ।
    नगर अध्यक्षका लागि उम्मेद्वारी दिएका ११ जनामध्ये ९ जनाले उम्मेद्वारी फिर्ता लिएपनि दुई जनाबिच निर्वाचन हुने देखिएको हो ।

    ध्यक्षका प्रत्यासी गंगा बाँस्तोला एमाले जिल्ला कमिटी सदस्य हुन् । वि.सं. २०३६ सालमा अनेरास्ववियुबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका उनी अखिलको जिल्ला कमिटी सदस्य हुँदै २०५१ सालमा उर्लाबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।

    पार्टी राजनीतिमा उनी तत्कालीन उर्लाबारी गाउँ कमिटी अध्यक्ष, उर्लाबारी नगर कमिटी अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्यको भूमिकामा छन् । पार्टीमा युवा, विद्यार्थीलगायत पार्टीका सबै क्षेत्रलाई समेटेर लान सक्ने कुशल नेतृत्वकर्ताको परिचय बनाएका बास्तोला पुनः एक पटक उर्लाबारी नगर कमिटी अध्यक्ष भएर पार्टीलाई थप चलायमान बनाउने धोको रहेको बताउँछन् ।

    यस्तै अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र शेर्मा युवाको प्रतिनिधित्व गर्दै आफूले नेतृत्वको दाबी गरेको बताउँछन् । विचलन नभए पार्टीमा आफूले अनवरत गरेको योगदानलाई आम नगर प्रतिनिधिले मूल्यांकन गर्ने उनको भनाई छ । सेर्मा नेकपा एमाले नगर कमिटी संगठन कमिटी सदस्य हुन्।

    अध्यक्षका प्रत्यासी  बास्तोला र  शेर्माले दाबी नछोडेपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको हो । यद्यपि, सहमतिका लागि भन्दै भोलि बिहान ७ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तय गरिएको छ ।
    अन्य आकांक्षीले उम्मेद्वारी फिर्ता लिएपछि नगर समितिको उपाध्यक्षमा कुमार लिम्बू र सचिवमा गोपालप्रसाद रिमाल सर्वसम्मत चयन भएका छन् ।

     पदाधिकारीमा एक जना महिला अनिवार्य ल्याउनु पर्ने भएकोले दुई उपसचिव मध्ये एकमा निर्मला गौतम सर्वसम्मत् चयन हुने छिन् भने अर्को उपसचिवमा छ जनाले उम्मेद्वारी दिएका छन् ।
     डिल्लीप्रसाद काफ्ले, गोविन्द सुवेदी, भरतमणि गौतम, नवीन तिम्सिना, जीवन काफ्ले र जीवप्रसाद कट्टेल उपसचिवका उम्मेद्वार रहेका छन् । अध्यक्ष पदमा सर्वसम्मत् चयन भए उपसचिवमा पनि सर्वसम्मत हुने नभए सो पदमा पनि निर्वाचन हुने देखिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…